विज्ञापन
No data was found

'चन्द्रागिरि १० सतुंगलस्थित विन्दवासिनी मन्दिर परिसरमा चैत ५ गतेदेखि विराट महायज्ञ हुँदै'

काठमाडौँ । चन्द्रागिरि १० सतुंगलस्थित विन्दवासिनी मन्दिर परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट महायज्ञ आयोजना हुने भएको छ । विश्व शान्ति, राष्ट्र कल्याण र मानव समाजमा देखिएका विविध समस्याको समाधानका लागि भन्दै विन्ध्यवासिनी आध्यात्मिक सङ्घको आयोजनामा आगामी २०८२ साल चैत्र ५ गतेदेखि १४ गतेसम्म उक्त महायज्ञ सञ्चालन हुन लागेको हो ।

विज्ञापन

विश्वमा मच्चिएको आधिभौतिक, आधिदैविक एवं आध्यात्मिक तापको कोलाहललाई वैदिक सनातन धर्मको माध्यमबाट शान्त पार्ने उद्देश्यले यो महायज्ञ आयोजना गर्न लागिएको चन्द्रागिरि नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष शिव कुमार महर्जनले जानकारी दिएका छन् ।

विज्ञापन

महायज्ञमा श्रीमद्देवीभागवत पुराणको पाठ-पारायण र कथा प्रवचन मुख्य आकर्षण रहनेछ । यसका साथै १३३१ आवृत्तिको विशाल महारुद्र अनुष्ठान गरिनेछ । देशमा उत्पन्न हुन सक्ने राजकीय उपद्रव, भोकमरी, भूकम्प, अतिवृष्टि, अनावृष्टि र असाध्य रोग शान्त पार्न नवार्ण मन्त्रको ९ लाख जप तथा हवन गरिनेछ ।

दरिद्रता नाश र सु–स्वास्थ्यका लागि श्रीसूक्तको विधि विधानपूर्वक एक हजार जप र हवन, नवग्रह पूजन, वेद र गायत्री मन्त्रको सस्वर पाठलगायतका कार्यक्रमहरू पनि महायज्ञमा समावेश गरिएका छन् ।

२०४१ सालमा जगदाचार्य नेपाली बाबाले स्थापना गरेको यस पीठले विगतमा पनि देशका विभिन्न स्थानमा थुप्रै ठुला धार्मिक अनुष्ठान र पदयात्राहरू सम्पन्न गरिसकेको छ । जगदाचार्यको निधन भएपछि हाल उनका छोरा रामचन्द्र शर्माको नेतृत्वमा संस्था सञ्चालन भइरहेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌