विज्ञापन
No data was found

'हुन्डी तथा अभौतिक मुद्रा कारोबार गर्ने गिरी र धिताल १ करोड १६ लाख रुपैयाँ नगदसहित पक्राउ'

काठमाडाैं । हुन्डी तथा अभौतिक मुद्रा कारोबारमा संलग्न नागार्जुन नगरपालिकाका सागर गिरी र प्रमोद प्रसाद धिताल १ करोड १६ लाख रुपैयाँ नगदसहित पक्राउ परेका छन् ।

विज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका ८ भिमढुङ्गाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबार गरेको अभियोगमा पक्राउ गरेको हो ।

विज्ञापन

प्रहरीले उनिहरूको साथबाट विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक बुक ३ थान, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँको चेक ३ थान, विभिन्न व्यक्तिको नाममा रहेको विभिन्न बैंकको ATM कार्ड ४ थान, नागरिकता १ थान, चार पाङ्ग्रे सवारी साधन २ ओटा, दुई पाङ्ग्रे सवारी साधन १ ओटा, सवारी दर्ता किताब ३ थान, विभिन्न कम्पनीको मोबाइल फोन ६ थान, एनसेल र एनटिसीको सिमकार्ड ३१ थान, कम्प्युटर १ सेट, तथा ब्यालेन्स खातामा रहेको रकम ७ लाख १७ हजार ५ सय ३४ रुपैयाँ समेत बरामद गरेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌