काठमाडाृै । आज साँझ चलेको हुरी, बतासले थानकोट, टाक्चाटोलको एउटा घरमा सुकाइराखिएको कार्पेट उडेर घर अगाडि रहेको थ्री–फेज विद्युत् लाइनमा परेपछि आगलागीको घटना भएको छ ।
विज्ञापन
घर अगाडि नै दुई स्थानमा थ्री–फेज विद्युत् लाइन रहेकाले आगो झन् फैलिने सम्भावना रहेकोमा समयमा नै नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएकाले ठूलो क्षति हुनबाट जोगिएको छ ।
विज्ञापन
साथै, थानकोट वृत्तका DSP एलिजा गिरीको नेतृत्वमा प्रहरी टोली पनि तत्काल घटनास्थलमा पुगेकोले प्रहरी र विद्युत् प्राधिकरणको सक्रियता तथा समन्वयका कारण सम्भावित ठूलो दुर्घटना टरेको छ ।