काठमाडौं । ललितपुरको हरिसिद्धिस्थित गोदाममा छापा मार्दा ६ हजार ६ सय ७७ वटा भरिएका फुल ग्यास सिलिन्डर फेला परेका छन् ।
विज्ञापन
आज नेपाल आयल निगम र वाणिज्य विभागले गरेको अनुगमनका क्रममा लुकाएर राखिएको अवस्थामा ती ग्यास सिलिन्डर भेटिएका हुन् ।
वाणिज्य विभागलाई प्राप्त सूचनाका आधारमा विभाग र निगमको टोलीले टोलीले ती पूर्ण सिलिन्डर (फुल सिलिन्डर) ग्यास फेला पारेको हो । धादिङमा उद्योग रहेको श्रीराम ग्यासले उत्पादन गरेर ललितपुरको हरिसिद्धिस्थित गोदाममा राखेको अवस्थामा उक्त परिमाणको ग्यास भेटिएको हो ।
विज्ञापन
वाणिज्य विभागको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाका अधिकृत अमित कुमार झाले हरिसिद्धिस्थित श्रीराम ग्यासको भण्डारण स्थलमा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर भेटिएपछि ३ लाख रुपैयाँ जरिवाना तिराइएको बताए ।