विज्ञापन
No data was found

'इरानले आफ्ना मिसाइल र ड्रोन प्रहारको सटीकता बढाउन चीनको बाइडू नेभिगेसन स्याटलाइट प्रणाली प्रयोग'

इरानले आफ्ना मिसाइल र ड्रोन प्रहारको सटीकता बढाउन अमेरिकी नियन्त्रणमा रहेको GPS प्रणालीलाई त्यागेर चीनको BeiDou (बाइडू) नेभिगेसन स्याटलाइट प्रणाली प्रयोग गर्न थालेको जानकारी सार्वजनिक भएको छ।

विज्ञापन

रक्षा विश्लेषकहरूका अनुसार यो परिवर्तन केवल प्राविधिक सुधार मात्र नभई मध्यपूर्वमा सैन्य शक्ति सन्तुलनलाई प्रभावित पार्न सक्ने रणनीतिक कदम पनि हो। यस सहकार्यलाई विश्लेषकहरूले “Eyes and Fists” अर्थात् चीनले स्याटलाइटमार्फत सूचना दिने र इरानले मिसाइल तथा ड्रोनमार्फत प्रहार गर्ने संरचनाका रूपमा व्याख्या गरेका छन्।

विज्ञापन

विश्लेषणअनुसार BeiDou प्रणाली प्रयोग गरेपछि इरानले वास्तविक समयमा अमेरिकी तथा इजरायली सैन्य ठेगानाहरूको जानकारी प्राप्त गर्न सक्ने क्षमता हासिल गरेको छ। फ्रान्सका पूर्व गुप्तचर प्रमुख एलेन जुइलेटका अनुसार २०२५ मा इजरायलसँग भएको १२ दिने युद्धपछि इरानले GPS त्याग्ने प्रक्रिया तीव्र बनाएको थियो। चिनियाँ BeiDou-3 प्रणालीको सैन्य सिग्नल जाम वा स्पुफ गर्न कठिन हुने भएकाले इरानी मिसाइलहरूको त्रुटि दायरा ५ मिटरभन्दा कममा झरेको दाबी गरिएको छ।

BeiDou प्रणालीमा रहेको ‘Short Message Communication’ (SMC) सुविधाले कमाण्डरहरूलाई उडिरहेको ड्रोन वा मिसाइलसँग दुईतर्फी सञ्चार गर्न समेत अनुमति दिन्छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌