काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हारको नैतिक जिम्मेवारी लिँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
विज्ञापन
यद्यपि पार्टीले यसलाई हालसम्म औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन । भोलि (६ चैत) बस्ने गरी आह्वान गरिएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाको राजीनामाबारे विस्तृत छलफल हुने बताइएको छ । पार्टीका एक पदाधिकारीका अनुसार राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय लिने अधिकार केन्द्रीय कार्यसमितिलाई नै रहेको छ ।
विज्ञापन
आगामी जेठभित्रै १५ औँ नियमित महाधिवेशन सम्पन्न गर्ने विषयमा समेत छलफल हुने बुझिएको छ ।