विज्ञापन
No data was found

'श्रीमतीको हत्या गरेर श्रीमानले हाने आफैंलाई गोली'

कैलालीमा श्रीमतीको हत्या गरेर पुरुषले आफूमाथि नै गोली चलाएका छन् । जिल्लाको गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जङ्गलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

विज्ञापन

घरायसी विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि थप विवरण आउन बाँकी रहेको उनले बताए ।

विज्ञापन

श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैँलाई गोली हानेका थिए । आफैँले हानेको गोलीबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌