काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली भेगमा साधारणतया बदली हुनुका साथै कोशी र मधेस प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ । अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
विज्ञापन
महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू तथा लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
विज्ञापन
राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रमा बदलीकै स्थिति रहनेछ ।