विज्ञापन
No data was found

'ईचाडोलमा पचली भैरव रथ जात्रा सम्पन्न'

काठमाडौं । भैरव शिवको रौद्र तथा तान्त्रिक रूप हो । भैरवको विभिन्न रूपहरू मध्ये पचली भैरव एक रूप हो। विशेष गरि शक्तिको आरधना गर्न भैरव पुजन गरिन्छ ।

विज्ञापन

यसै सन्दर्भमा चैत्र ४ गते (नेपाल सम्वत् ११४६ चिल्लागा चतुर्दशी) घोडेजात्राको उपलक्ष्यमा नागार्जुन नगरपालिका वडा नं. ६ , ईचाडोलमा अवस्थित श्री पचली भैरवको रथ जात्रा सम्पन्न गरिएको छ ।

विज्ञापन

श्री पचली भैरव मन्दिर तथा सामुदायिक भवन व्यवस्थापन समितिले गत वर्ष २०८१ साल फाल्गुन र चैत्र महिनामा धिमे बाजा प्रशिक्षण संचालन गरेको थियो । उक्त तालिमबाट प्रशिक्षित श्री पचली भैरव धिमे बाजा खलः को बाजा टिम र स्थानीय गुठी तथा स्थानीय बासीहरूको सहभागीतामा पचली भैरव रथ जात्रा भव्यताका साथ सम्पन्न गरिएको हो ।

स्थानीय नेवाः समुदायले पचली भैरवलाई केन्द्रमा राखी विभिन्न संस्कृति संरक्षणका कार्यक्रम संचालन गर्दै आएका छन् । श्री पचली भैरव धिमे बाजा खलः का व्यवस्थापक धनबहादुर श्रेष्ठका अनुसार हिजो सम्पन्न भैरव रथ यात्रामा उक्त बाजा खल र फेय् ख्वाः बाजाँ खलः डाडाँपौवा र ईचाडोल एवम् टौखेलका स्थानीयबासीहरूको उत्साहजनक सहभागीता रहेको थियो ।

ऐतिहासिक महत्त्वको पचली भैरव मन्दिरको संरक्षण र प्रवर्द्धन लागि विगत ८ वर्षदेखि भव्यताका साथ पचली भैरवको खट रथ जात्रा मनाउँदै आएको जानकारी श्री पचली भैरव मन्दिर तथा सामुदायिक भवन व्यवस्थापन समितिका अध्यक्ष केशव श्रेष्ठले दिएका छन् ।

पचली भैरव जात्राको ऐतिहासिक क्रम हेर्दा विगतमा जात्रा संचालन हुने रोकिने र पुनः संचालन हुने क्रम रहेको देखिन्छ । यहाँ पचली भैरव भैरव टोलमा कोटश्य भैरव, टौखेलस्थित लाखेचौर, हल्चोकमा स्थित आकाश भैरव र रानीवनस्थित पचली भैरव काठमाडौंमा उपत्यकाको पश्चिम क्षेत्रमा रहेका मुख्य भैरव मन्दिरहरू हुन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌