काठमाडौं । निर्वाचन आायेगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा यस पटक १ करोड ८९ लाख भन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरेकाे जनाएकाे छ ।
विज्ञापन
बिहीवार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन् ।
विज्ञापन
निर्वाचन आयोगकाअनुसार अन्तिम नामावली अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम रहेका थिए । जसमा महिला मतदाताको संख्या ९२ लाख ४० हजार १३१ र पुरुष मतदाताको संख्या ९६ लाख ६३ हजार ३५८ रहेको छ । अन्य लिङ्गी मतदाताको संख्या २ सय रहेको छ ।
निर्वाचनलाई निष्पक्ष बनाउन २२ वटा कुटनीक निकायका १६४ जना र राष्ट्रिय स्तरका ३५ वटा गैरसरकारी संस्थाहरूले पर्यवेक्षण गरेका थिए ।