काठमाडौं । गत फागनु २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम खर्च विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
विज्ञापन
आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेको भए पनि अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको मात्र स्रोत सहमति प्राप्त भएको थियो । प्राप्त सहमति मध्ये हालसम्म ३ अर्ब ५४ करोड २८ लाख रुपैयाँ वास्तविक खर्च भइसकेको र भुक्तानी गर्न बाँकी दायित्वहरू समेत जोड्दा कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ पुग्ने आयोगले जनाएको छ।
विज्ञापन
कुल १ करोड ८९ लाख ३ हजार ३८९ मतदाता कायम भएकोमा प्रत्यक्षतर्फ ९४.५५ प्रतिशत र समानुपातिकतर्फ ९६.०५ प्रतिशत मत सदर भएको छ। समग्रमा ४.७ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ।