विज्ञापन
No data was found

'आज पनि वर्षा, असिना र हावाहुरीको सम्भावना'

काठमाडौं । आज सातै प्रदेशमा वर्षा, असिना र हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन

महाशाखाका अनुसार हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भू-भागमा पूर्ण बदलीको अवस्था छ । देशका अन्य भू-भागमा पनि सामान्य बदली रहेको र केही स्थानमा छिटपुट वर्षा सुरु भइसकेको छ ।

विज्ञापन

आज दिउँसो देशभरिको आकाश सामान्यदेखि पूर्ण बदली रहने प्रक्षेपण गरिएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा चट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तीव्र गतिको हावाहुरीसहित वर्षा हुने देखिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌