विज्ञापन
विज्ञापन
शोणितपुर शनिबार-साहित्यबार अन्तर्गत आज साहित्यकार धनवन्तरी मिश्र, कात्यायनको एउटा लघुकथा प्रस्तुत गरिएको छ ।
लघुकथा : ग्रह-दशा
______________________
जन्मदिन थियो ।
गुरुले भने अनुसार शास्त्रीय विधिवत अष्ट-चिरञ्जिवीको पुजा-अर्चना सकाएँ ।
एक टपरीमा केही प्रसादी, भेटी र प्रज्वलित दीप राखेर, गुरुले मेरो शिरमा घुमाएर मन्छिँदै, चोकमा लगेर राख्न अह्राउनु भयो ।
गुरुको आज्ञानुसार, छरछिमेकका सामुहिक चोकमा लगेँ ।
सम्भवत: मेरो जस्तै उपासना सकाइएका, अन्य पन्ध्रबिस टपरीहरू नि थिए त्यहाँ । मेरोमा, एक बिजोड रु. पाँचको मात्र नोट थियो। अन्यमा सयसयका ।
दायाँबायाँ पल्याकपुलुक नयन घुमाएँ । निश्चिन्त भएपश्चात्, ती बेवारिसे रु. सयसयका बिसजती नोटहरू बटुँले र सेतो धोतीको कन्दनीमा घुसारेँ । मनमनै अष्ट-चिरञ्जिवीलाई साधुवाद दिएँ !
सुनेको थिएँ, “ग्रह-दशा बाजा बजाएर आउन्न!”
सत्-ग्रह नि बाजा नबजाई नै आउने रहेछ !