विज्ञापन
No data was found

'चन्द्रागिरि नगरपालिकामा जनप्रतिनिधि-कर्मचारी समन्वय अभाव, कार्य सम्पादनमा गम्भीर प्रभाव !'

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका कर्मचारीहरूले कार्ययोजना र नियम राम्रोसँग नबुझ्दा वा जनप्रतिनिधि-कर्मचारी तथा विषयगत शाखाहरूबीच परस्पर समन्वयको अभावका कारण सेवाग्राहीहरूले दैनिक रूपमा दुःख भोग्नुपरेको गुनासो बढ्दै गएको छ।

विज्ञापन

चन्द्रागिरि नगरकार्यपालिकाको २०७८ साल असार ३० गतेको बैठकबाट स्वीकृत कार्यविधि र स्थानीय सरकार सञ्चालन ऐनको स्पष्ट बुझाई र एकरूपताबिना नीति तथा कार्यक्रमहरू तर्जुमा हुने गरेबाट समेत कार्य सम्पादन प्रक्रियामा जटिलता उत्पन्न भइरहेको जानिफकारहरूले बताएका छन्।

विज्ञापन

नगरले २०७८ सालमा स्वीकृत गरेको कार्यविधिको उद्देश्य परिपुर्तिको लागि नगर प्रमुखको संयोजकत्वमा नगर उप-प्रमुख, नगर प्रवक्ता, प्रमुख प्रशासकीय अधिकृत तथा आर्थिक प्रशासन शाखा प्रमुख सदस्य रहेको निर्देशक समितिले कार्यविधि तथा स्थानीय सरकार सञ्चालन ऐनको आ-आफ्नै तरिकाले व्याख्या गर्ने गरेको साथै, जनप्रतिनिधि र कर्मचारीबीच विधि, प्रक्रिया र परिणामकाबारे छलफलको अभावले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने स्थिति सिर्जना भएको पाइएको छ।

त्यस्तै, नगरको विषयगत शाखाहरूको काम, कर्तव्य र अधिकार सम्बन्धि विषयमा समेत प्रश्न उठ्न थालेको छ । कतिपय शाखाहरूको प्रभावकारी भूमिका नदेखिएको, केवल आर्थिक व्ययभार हुनेगरी ती शाखाहरू स्थापना गरिएकोले समग्र चन्द्रागिरि नगरपालिकाको विशेषता अनुकूल दीर्घकालीन तथा परिणाममुखी कार्ययोजना तथा नीति बन्न नसकेको विश्लेषण गरिएको छ।

 

त्यस्तै, नगरको विषयगत शाखाहरूको काम, कर्तव्य र अधिकार सम्बन्धि विषयमा समेत प्रश्न उठ्न थालेको छ । कतिपय शाखाहरूको प्रभावकारी भूमिका नदेखिएको, केवल आर्थिक व्ययभार हुनेगरी ती शाखाहरू स्थापना गरिएकोले समग्र चन्द्रागिरि नगरपालिकाको विशेषता अनुकूल दीर्घकालीन तथा परिणाममुखी कार्ययोजना तथा नीति बन्न नसकेको विश्लेषण गरिएको छ।

 

स्थानीय बासिन्दाका अनुसार सिफारिस, प्रमाणपत्र, कर तिर्ने जस्ता सामान्य सेवाका लागि पनि पटक-पटक कार्यालय धाउनुपर्ने अवस्था सिर्जना भएको छ। कर्मचारीहरूले स्पष्ट नियम र प्रक्रिया नबुझ्दा कहिले फरक-फरक कागजात माग्ने, कहिले अनावश्यक ढिलाइ गर्ने जस्ता समस्या देखिएका छन्।

“हामीले आवश्यक सबै कागजात ल्याउँदा पनि कहिले अर्को कर्मचारीले नयाँ कागज माग्छन्, कहिले नियम नै फरक भन्छन्,” एक सेवाग्राहीले गुनासो गरे।

विज्ञहरूका अनुसार कर्मचारीहरूलाई कार्ययोजना र नियमबारे पर्याप्त तालिम नदिँदा यस्तो समस्या बढेको हो। यसले सेवा प्रवाहमा अव्यवस्था मात्र होइन, जनविश्वासमा समेत नकारात्मक असर पारिरहेको छ।

यता, नगरपालिकाले भने कर्मचारी क्षमता विकासका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ। साथै, सेवा प्रवाहलाई सहज बनाउन स्पष्ट निर्देशिका लागू गर्ने योजना समेत अघि सारिएको छ।

चन्द्रागिरि नगरपालिकाको सेवा प्रवाह तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा सरोकारवालाहरूले कर्मचारीलाई नियम र कार्ययोजनाबारे स्पष्ट जानकारी गराई प्रभावकारी कार्यान्वयन नगरेसम्म यस्तो समस्या समाधान नहुने बताएका छन्।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌