विज्ञापन
No data was found

'बर्ड फ्लुको जोखिम बढ्ने खतरा, भेटेरिनरी एशोसियसनद्वारा सतर्कता अपनाउन आग्रह'

काठमाडौँ । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको पोल्ट्री क्षेत्रमा पछिल्लो समय बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) का घटनाहरू देखिन थालेपछि चिन्ता बढेको छ। यस अवस्थाप्रति नेपाल भेटेरिनरी एशोसियसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञापन

एशोसियसनका अनुसार पोल्ट्री क्षेत्रले कुल ग्राहस्थ उत्पादन (GDP) मा उल्लेखनीय हिस्सा ओगट्नुका साथै रोजगारी सिर्जना र मासु तथा अण्डामा आत्मनिर्भरता हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको छ। तर, संक्रामक रोगका रूपमा फैलिन सक्ने बर्ड फ्लुले यस क्षेत्रमा आर्थिक क्षति पुर्‍याउनुका साथै जनस्वास्थ्यमा समेत जोखिम निम्त्याउन सक्ने चेतावनी दिइएको छ।

विज्ञापन

रोग नियन्त्रण र व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहका सरकार तथा सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय र उच्च सतर्कता आवश्यक रहेको एशोसियसनले जनाएको छ। साथै, प्रभावित क्षेत्रबाट पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार नगर्न विशेष आग्रह गरिएको छ।

रोग नियन्त्रणमा खटिएका पशु चिकित्सक, प्राविधिक, प्रशासन र सुरक्षा निकायप्रति एशोसियसनले कृतज्ञता व्यक्त गर्दै विश्व पशु स्वास्थ्य संगठन (WOAH) र पशुसेवा विभागका मापदण्डहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ।

एशोसियसनले बर्ड फ्लु पुष्टि भएका वा उच्च जोखिमयुक्त क्षेत्रबाट पशु स्वास्थ्य प्रमाणपत्र जारी नगर्न सम्पूर्ण पशु चिकित्सकहरूलाई विशेष अनुरोध समेत गरेको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌