विज्ञापन
No data was found

'नारामा सीमित क्षयरोग दिवस, हरेक वर्ष १६ हजारको मृत्यु'

काठमाडौँ । आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष मार्च २४ मा मनाइने यस दिवसले क्षयरोग (टीबी) अन्त्य गर्ने लक्ष्यसहित जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।

विज्ञापन

यस वर्षको नारा “हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र “राष्ट्रिय अभियान: हाम्रो योगदान” तय गरिएको छ।

विज्ञापन

सरकारले सन् २०३० सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य राखेको भएपनि त्यसका लागि प्रभावकारी कार्यान्वयन, जनचेतना विस्तार, समयमै परीक्षण र नियमित उपचार अत्यावश्यक रहेको विज्ञहरू बताउँछन्।

के हो क्षयरोग ?

चिकित्सकका अनुसार क्षयरोग एक किसिमको सूक्ष्म जीवाणुले लाग्ने रोग हो। यो शरीरका विभिन्न अङ्गमा जीवाणुको आक्रमणबाट लाग्ने गर्छ। प्रायः फोक्सोको क्षयरोगबारे धेरैलाई थाहा भए पनि यसले शरीरका अन्य भागमा पनि आक्रमण गर्छ। यो रोग गरिब तथा अल्पविकसित मुलुकमा अझै धेरै देखिएको छ। यसले मृत्युसमेत गराउने भएकाले यसलाई गम्भीर जनस्वास्थ्य समस्याका रूपमा हेरिन्छ।

लक्षण र बच्ने उपाय :

लामो समयसम्म खोकी लाग्नु, खकारमा रगत देखिनु, साँझपख ज्वरो आउनु र राति अत्यधिक पसिना आउनु क्षयरोगका मुख्य लक्षण हुन्। छाती दुख्ने, भोक कम लाग्ने, तौल घट्ने र थकान महसुस हुने भएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन चिकित्सकको सुझाव छ।

नेपाल सरकारले क्षयरोगको औषधि सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क उपलब्ध गराउँदै आएको छ। संक्रमित व्यक्तिसँग सम्पर्क हुँदा मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्ने र पोषिलो आहार सेवन गर्नाले यो रोगबाट बच्न र अरूलाई बचाउन सकिन्छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌