काठमाडाैं । जर्मन विकास बैंक (KFW) को अनुदान सहयोग र नेपाल सरकारको संयुक्त लागत साझेदारीमा चन्द्रागिरि नगरपालिकाको थानकोट प्राथमिक अस्पतालसँगै करिब एक अर्बको लागतमा निर्माण हुने अत्याधुनिक सुविधा सम्पन्न परोपकार मातृत्व तथा महिला स्वास्थ्य अस्पताल (Well Equipped Satellites Maternity Hospital) निर्माणको लागि बोलपत्र आव्हान गरिएको छ ।
नेपाल सरकार (GoN) ले शहरी क्षेत्रमा आमा तथा शिशु स्याहार सुधार कार्यक्रम अन्तर्गत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, काठमाडौंका लागि KfW Development Bank बाट अनुदान प्राप्त गरेको छ। उक्त रकममध्ये केही अंश चन्द्रागिरि नगरपालिका र महालक्ष्मी नगरपालिकामा २५ शय्याको अस्पताल निर्माण कार्यका लागि प्रयोग गरिने जनाइएको छ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (Single Stage Two Envelope) प्रक्रियामार्फत चन्द्रागिरि र महालक्ष्मी नगरपालिकामा २५ शय्याको अस्पताल निर्माणका लागि योग्य बोलपत्रदाताहरूबाट विद्युतीय बोलपत्र आह्वान गरिएको हो ।