विज्ञापन
No data was found

'चन्द्रागिरि नगरपालिकामा प्रशासकीय अधिकृतको अनुपस्थितिले सर्वत्र प्रभाव, वडाहरूले समेत गर्न थाले गुनासो'

काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले नीतिगत तथा दैनिक कामकारबाहीमा प्रभाव पर्न थालेको छ भने उपभोक्ता समितिहरूले गरेका योजनाहरूको भुक्तानीमा समेत गम्भीर समस्या देखापरेको छ ।

विज्ञापन

प्रमुख प्रशासकीय अधिकृतको अभावमा नगरपालिकाको दैनिक कामकाज सञ्चालन, योजना सम्झौता, अनुगमनदेखि आर्थिक कारोबार ठप्प बनेको हो । साथै, विषयगत शाखाहरू मार्फत हुने काममा ढिलाइ हुँदा नगरपालिकाका सर्वसाधारण मारमा परेका छन् ।

विज्ञापन

स्थानीय निकायबाट समायोजन भएर आएका कर्मचारीलाई आर्थिक कारोबारसम्मको अधिकारसहितको निमित्त दिने कुनैपनि व्यवस्था नभएको अवस्थामा निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिए पनि नगरपालिकाको कामकाज सहज हुनुको सट्टा समस्या थप बढेको विषयगत शाखाहरूले नै गुनासो गर्न थालेका छन् ।

स्थानीय तहका सरकार सञ्चालनको लागि स्थानीय तहमा रहने कर्मचारीतन्त्रको नेतृत्व स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रमुख प्रशासकीय अधिकृतले गर्दछ । संघीय निजामती सेवाको प्रमुख प्रशासकीय अधिकृत स्थानीय सरकारको मुख्य सचिव हो । प्रमुख प्रशासकीय अधिकृत स्थानीय सरकारको प्रशासनिक प्रमुख हो । उसको नेतृत्वमा सम्पूर्ण स्थानीय कर्मचारीतन्त्र क्रियाशील हुन्छ । उसले स्थानीय कार्यपालिका र नगर वा गाउँसभाको सचिव भई काम गर्दछ । स्थानीय सरकारका निर्णयहरूलाई सूचनामा आधारित बनाउन सूचना तथा अनुभवहरू उपलब्ध गराउँछ ।

यस्तै पालिकाको योजना तर्जुमा गर्ने, बजेट र स्रोत साधनको सन्तुलित रूपमा बाँडफाँट पनि गर्दछ । पालिकामा हुने निर्णयहरू प्रमाणित र संरक्षण गर्दछ । पालिकाको कर्मचारीतन्त्रको नेतृत्व गर्दै प्रमुख प्रशासकीय अधिकृतले पालिका र सभाका निर्णयहरू कार्यान्वयन, सोको रिपोर्टिङ र समीक्षा गर्ने कार्य समेत गर्दछ ।

साथै, प्रमुख प्रशासकीय अधिकृत संघ, प्रदेश र स्थानीय सरकार बीचको सम्पर्क सूत्र हो । उसले सरकारका तहहरू बीचको समन्वय, सहयोग र सहकार्यमा महत्वपूर्ण भूमिका खेल्दछ । दलीय नेतृत्व गरेर आएका जनप्रतिनिधि बीच उत्पन्न विवाद र द्वन्द्व समाधान गर्न मध्यस्थकर्ताको भूमिका खेल्दै पालिकाका महत्वपूर्ण निर्णयहरू गर्न, गराउन सघाउँछ । प्रमुख प्रशासकीय अधिकृत पालिकाका सूचनाहरू सार्वजनिक गर्ने कम्युनिकेटर पनि हो ।

स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृत भनिएपनि स्थानीय तहमा रहने प्रमुख प्रशासकीय अधिकृतले सार्वजनिक सेवा प्रवाह गर्न संघीय सरकारको मुख्य सचिव र प्रदेश सरकारको प्रमुख सचिवभन्दा बढी धेरै भूमिका खेल्नुपर्ने हुन्छ ।

स्थानीय सरकार सञ्चालनको अति महत्वपूर्ण र गम्भीर जिम्मेवारी बहन गर्नुपर्ने प्रशासकीय अधिकृत लामो समयसम्म विदा बस्दा वा कहिले आउने कहिले नआउने गर्दा चन्द्रागिरि नगरको दैनिक कामकाज तथा भुक्तानीमा ठूलो समस्या परेको तथा सेवाग्राहीहरूको गुनासो थेग्न गाह्रो हुन थालेको भन्दै चन्द्रागिरि नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

त्यस्तै, चन्द्रागिरि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगरले यस्तो व्यवहार गर्दा पनि मेयर, उपमेयर के हेरेर बसेका छन् भन्ने कुरामा आफूलाई अचम्म लागेको एक सेवाग्राहीले रिसाउँदै शोणितपुर खबरसँग गुनासो पोखेका छन् । साथै, नियमित रुपमा प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नबस्दा चन्द्रागिरि नगरपालिकाकाको सेवा प्रभावित भएको, कर्मचारीहरु समेत कार्यालयमा उपस्थित हुन छाडेको, महिनौंदेखि रोकिएको योजनाका फाइलहरू अलपत्र परेको साथै प्रशासनिक अधिकृत नआउँदा कर्मचारीहरूले मनलाग्दी गरेको जनगुनासो बढेको छ ।

उसो त लामो समयको रस्साकस्सी र विवादकाबीच चन्द्रागिरि नगरपालिकामा आठौं प्रशासकीय अधिकृतका रुपमा थापामगरले पदभार ग्रहण गरेका थिए ।

गत वर्षको फागुन १ मा संघीय मामिला मन्त्रालयले उपसचिव भुवनेश्वर लामिछानेलाई चन्द्रागिरि नगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको भएता पनि लामिछानेलाई हाजिर गर्न नदिइ सुरेन्द्र थापा मगरलाई स्वागत गरिएको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌