काठमाडौं । गत २३ र २४ गते भएको जेन-जी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सरकारले आधिकारिक रूपमा सार्वजनिक नगर्दै जनआस्था साप्ताहिकले बाहिर ल्याएको छ ।
भदौ २३ र २४ का घटनाको छानबिनका लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले फागुन २३ गते प्रधानमन्त्री सुशीला कार्कीलाई उक्त प्रतिवेदन बुझाएको थियो ।
बाहिर ल्याइएको सो प्रतिवेदनमा आन्दोलनका क्रममा भएका घटना, सुरक्षासम्बन्धी निर्णय तथा जिम्मेवार निकायहरूको भूमिकाबारे विस्तृत विश्लेषण गरिएको छ ।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङ विरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको उल्लेख छ ।
जाँचबुझ आयोगले प्रतिवेदनमा घटनाको समग्र जिम्मेवारी, निर्णय प्रक्रिया र सुरक्षा संयन्त्रको भूमिकामाथि प्रश्न उठाउँदै आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिएको दिएको छ ।
प्रतिवेदनको पूर्णपाठ –