काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् ।
विज्ञापन
संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले शर्माको नाम ३३औँ प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उनी नेपालको नयाँ प्रधानन्यायाधीश बन्नेछन् ।
विज्ञापन
नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक तथा भारतको पुने विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका शर्माले श्रम कानून विषयमा विद्यावारिधि गरेका छन् । उनी पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा काम गरिसकेका छन् ।