काठमाडाैं । देश भरिका नगरपालिकाहरूको सहभागी रहेको छैटौं बागमती प्रदेशस्तरीय जुनियर मेयर कप आमन्त्रित तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाले तृतीय स्थान हासिल गरेको छ ।
विभिन्न नगरपालिकाहरूको सहभागिता रहेको छैटौं बागमती प्रदेशस्तरीय जुनियर मेयर कप आमन्त्रित तेक्वान्दो प्रतियोगितामा आयोजक जिसिदेवल काठमाडौले १४ स्वर्णसहित प्रथम हुन सफल भएको छ ।
त्यसैगरी, २ स्वर्ण र १ रजत पदकसहित महालक्ष्मी नगरपालिका, ललितपुर दोस्रो स्थान हासिल गर्न सफल भयो भने १ स्वर्ण, ३ रजत र ६ कांस्य पदकसहित चन्द्रागिरि नगरपालिकाले तृतीय स्थान हासिल गर्न सफल भएको हो ।
चन्द्रागिरि नगरपालिकालाई तृतीय स्थान दिलाउन वडा नं. ६ मातातीर्थ बालागाउँ तेक्वान्दो डोजाङको खेलाडी निमा तामाङले ३१ के.जी. तौलसमूहमा स्वर्ण पदक जित्दै महत्वपूर्ण योगदान दिएको थियो। साथै, टिम कोच, अफिसियल तथा चन्द्रागिरि नगरभित्रका सम्पूर्ण तेक्वान्दो खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
प्रतियोगिता २०८३ साल वैशाख २४ गतेदेखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गरिएको थियो ।