काठमाडाैं । ग्रिसमा सम्पन्न नवौं विश्व मार्शल आर्ट्स महोत्सवमा नेपालले ४ स्वर्ण जित्न सफल भएको छ ।
विज्ञापन
यहि मे ९ र १० गते ग्रिसमा आयोजना गरिएको “9th world festival of martial arts” महोत्सवमा नेपालबाट चन्द्रागिरि नगरपालिका बुदोकैदो फुल कन्ट्याक्ट कराँतेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी ब्रिनिश महर्जन ३२ केजी तौल समूहमा र वीरकृष्ण महर्जनले भेट्रान्स समूहमा सहभागिता जनाएकोमा चन्द्रागिरिका ब्रिनिश महर्जनले ३२ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् ।
विज्ञापन
महोत्सवमा नेपालले फुल कन्ट्याक्ट् ३२ केजी, किक बक्सिङ ३२ केजी, लाईट किक बक्सिङ ३२ केजी (ब्रिनिश महर्जन) साथै, किक बक्सिङ ७० केजीमा (सन्नी सिंह) गरि जम्मा ४ स्वर्ण पदक जित्न सफल भएको हो ।