काठमाडौं । नेपालमा आगामी 2026 FIFA World Cup का खेलहरू DishHome को डिगो (Digo) तथा Himalaya TV अन्तर्गत हिमालय स्पोर्ट्समार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ।
विज्ञापन
आगामी जुन ११ देखि उत्तर अमेरिकामा सुरु हुने विश्वकप फुटबलका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण अधिकार नेपालमा २७ करोड रुपैयाँभन्दा बढीमा खरिद गरिएको जनाइएको छ।
विज्ञापन
नेपालका लागि उक्त प्रसारण अधिकार S Pro Media ले खरिद गरेको हो। कम्पनीले यसका लागि १७ लाख ७५ हजार अमेरिकी डलर (करिब २७ करोड २५ लाख रुपैयाँ) भुक्तानी गरेको बताइएको छ। नेपाली विनिमयदर अनुसार यो रकम २७ करोड २५ लाख रुपैयाँ बराबर पर्छ।
यससँगै नेपाली दर्शकहरूले विश्वकपका सबै खेलहरू डिगो र हिमालय स्पोर्ट्समार्फत प्रत्यक्ष हेर्न पाउने भएका छन्।