काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चन्द्रागिरि नगरपालिका वडा नं ७ मा पनि नयाँ कार्यसमिति चयन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख २ गते चन्द्रागिरि नगरपालिकाका विभिन्न चारवटा वडाहरूमा अधिवेशन सम्पन्न गरि कार्यसमिति गठन गरेको थियो भने आज वडा नं ७ मा तुलसी सोति मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
रास्वपाको वडा अधिवेशन तालिका अनुसार सम्पन्न सम्मेलनले चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा रामेश्वर प्रसाद भुर्तेलको नेतृत्वमा ९ सदस्यीय वडा कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ भने वडा नं ४ मा हेमन्त लामाको संयोजकत्वमा रास्वपाको नयाँ वडा समिति गठन गरिएको छ।
त्यस्तै, चन्द्रागिरि नगरपालिकाको वडा नं ११ मा रवि सुवेदी तथा वडा नं १४ मा विकास श्रेष्ठको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको छ।
आगामी जेष्ठ १० गते नगर अधिवेशनको मिति तय गरेको रास्वपाले चन्द्रागिरि नगर अन्तर्गत १५ वटै वडाको अधिवेशन सम्पन्न गरेको छ ।