विज्ञापन

'नेकपा प्रदेश सरकार परिवर्तनको खेलमा छैन : प्रचण्ड'

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ताको जोडघटाउ भन्दा व्यवस्था रक्षा मुख्य भएको भन्दै प्रदेश सरकार परिवर्तनको खेलमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन्। आइतबार सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा बोल्दै संयोजक प्रचण्डले प्रमुख दलहरूबाट आएका सत्ता सहकार्यका प्रस्तावहरूलाई आफूले सिधै इन्कार गरिदिएको खुलासा गरे।

विज्ञापन

संयोजक प्रचण्डले कांग्रेस र एमाले दुवैतर्फबाट छुट्टाछुट्टै रूपमा प्रदेश सरकार गठनका लागि प्रस्ताव आएको दाबी गरे। “कहीं कांग्रेस, कहीं एमालेबाट प्रस्तावहरू आइरहेका छन्। तर, संयोजकको हैसियतले मैले ती सबै प्रस्ताव इन्कार गरिदिएको छु,” उनले भने, “अहिले एउटालाई बाहिर पठाएर अर्कोसँग सरकारमा जानु गलत हुन्छ। यसले जनतामा भ्रम मात्र छर्छ।”

विज्ञापन

प्रदेशमा राजनीतिक स्थिरता र नयाँपन दिने हो भने भागबन्डाको सरकार भन्दा पनि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू समेटिएको ‘सर्वदलीय सरकार’ बन्नुपर्ने उनको अडान छ। “होइन भने कांग्रेस–एमाले मिलेरै सरकार चलाउनुस्, हामीलाई सरकार चाहिँदैन भनेर स्पष्ट भनिदिएका छौँ,” प्रचण्डले थपे।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश