विज्ञापन

'नेपाली कांग्रेस चन्द्रागिरि–२ का ‘खम्बा’ अधिवक्ता रञ्जित घिमिरे रास्वपामा प्रवेश'

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ मा नेपाली कांग्रेसका सक्रिय तथा प्रभावशाली नेता मानिएका अधिवक्ता रञ्जित घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण तथा स्थानीय राजनीतिक गतिविधिमा सक्रिय रहेका घिमिरेको दल परिवर्तनलाई चन्द्रागिरि–२ को राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

विज्ञापन

स्थानीय तहमा कांग्रेसको ‘खम्बा’का रूपमा चिनिएका घिमिरे रास्वपामा प्रवेश गरेसँगै चन्द्रागिरि–२ को राजनीतिक समीकरणमा नयाँ चर्चा सुरु भएको छ। रास्वपाले भने घिमिरेको आगमनले पार्टी संगठन थप मजबुत हुने विश्वास व्यक्त गरेको जनाएको छ।

विज्ञापन

यद्यपि, घिमिरेले पार्टी परिवर्तन गर्नुको कारणबारे औपचारिक धारणा सार्वजनिक भएको छैन। स्थानीय राजनीतिक वृत्तमा भने यस घटनालाई आगामी राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ।

उनी आज भएको एक कार्यक्रममा पार्टी प्रवेश गरेको नगर सचिव मधुकर बस्नेतले जानकारी दिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश