विज्ञापन

'नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी विजयी'

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनबाट अध्यक्षमा उत्तम केसी (“चुईचुइ पारेर” उपनामले परिचित) विजयी भएका छन्।

विज्ञापन

उत्तम केसीले २१६ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी सविन श्रेष्ठलाई पराजित गरेका हुन्। श्रेष्ठले १३२ मत प्राप्त गरेका थिए।

विज्ञापन

त्यस्तै, संघको उपाध्यक्ष पदमा पूजना प्रधान र शिवहरी बैरागी विजयी भएका छन्। प्रधानले १४४ र बैरागीले १४६ मत प्राप्त गरेका हुन्। उक्त पदका अन्य उम्मेदवारहरूमा उद्धव भट्टराईले १०७, पनाह अधिकारीले १३५, डिबी तामाङले २७ तथा राजेन्द्र बस्नेतले १८ मत प्राप्त गरेका थिए।

महासचिव पदमा सुनील कटवाल १९५ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी रामेश्वर बुर्लाकोटीले १२५ मत प्राप्त गरेका थिए।

त्यस्तै, सचिव पदमा गोपाल ढकाल २१४ मतसहित विजयी भएका छन्। उनकी प्रतिस्पर्धी पल्पसा डंगोलले ११० मत प्राप्त गरेकी छन् भने कोषाध्यक्ष पदमा तेजुला खतिवडा १४९ मतसहित निर्वाचित भएकी छन्। उक्त पदमा पवित्रा आचार्यले १०६ तथा खुश्वु खड्काले ५८ मत प्राप्त गरेका थिए।

सहकोषाध्यक्ष पदमा पवन केसी १६१ मतसहित विजयी हुँदा गीता नेपालले १५३ मत प्राप्त गरेकी छन्।

नव निर्वाचित कार्यसमितिले कलाकारहरूको हकहित संरक्षण, चलचित्र क्षेत्रको विकास र संघलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश