विज्ञापन

'चन्द्रागिरिमा तेस्रो बोसिया प्रतियोगिता प्रारम्भ, अपाङ्गता भएका खेलाडीहरूको उत्साहजनक सहभागिता'

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा तेश्रो चन्द्रागिरि नगरस्तरीय बोसिया (बोक्सिया) खेल प्रशिक्षण एवं प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका प्रशासकीय भवनको चौथो तल्लामा आयोजित औपचारिक कार्यक्रमबीच नगरप्रमुख घनश्याम गिरीले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

विज्ञापन

“सबैका लागि खेल” भन्ने नारासहित सञ्चालन गरिएको उक्त दुईदिने कार्यक्रम मस्तिष्क पक्षघात, बौद्धिक अपाङ्गता तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी आयोजना गरिएको हो।

बोसिया प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम २०८३ साल जेठ ७ र ८ गते बिहान १० बजेदेखि सञ्चालन भइरहेको छ।

चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोग, नेपाल बोसिया (BOCCIA) संघको प्राविधिक सहयोग तथा अपाङ्गता–अभिभावक समाज नेपालको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।

प्रतियोगितामा मस्तिष्क पक्षघात समूह ‘क’ बाट १५ जना तथा बौद्धिक एवं अन्य अपाङ्गता समूह ‘ख’ बाट १८ जना गरी कुल ३३ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार समूह ‘क’ मा रहेका सहभागीबीच प्रतियोगिता सञ्चालन हुनेछ भने समूह ‘ख’ मा रहेका सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिनेछ।

कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद क्षमता विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक समावेशीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

यसअघि प्रतियोगिताको लोगो सार्वजनिक गरिएको थियो। प्रतियोगिता शुक्रबार सम्पन्न हुने आयोजकले जनाएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश