विज्ञापन

'मकवानपुरमा ‘छैटौँ थाहा गोल्डकप–२०८३’ हुने, विजेतालाई २ लाख पुरस्कार'

काठमाडाैं । मकवानपुरको ईन्द्रायणी चौरमा ‘छैटौँ थाहा गोल्डकप–२०८३’ आयोजना हुने भएको छ।

विज्ञापन

शिखर क्लब, शिखरकोटको व्यवस्थापन तथा थाहा नगरपालिकाको आयोजनामा प्रतियोगिता जेठ २७ गतेदेखि सञ्चालन हुने भएको हो ।

विज्ञापन

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने टोलीले जेठ २४ गतेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ। प्रतियोगितामा भाग लिने खेलाडीको हकमा ईन्द्रायणीको अनिवार्य नागरिकता वा बसाइँसराइ प्रमाणपत्र आवश्यक पर्ने जनाइएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई नगद रु १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा प्रोत्साहन तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले गोल्डकप आयोजना गर्न लागिएको बताइएको छ। प्रतियोगितामा विभिन्न टोलीबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश