विज्ञापन

'काभा भलिबलकाे उद्घाटन खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा'

काठमाडाैं । केन्द्रीय एसियाली भलिबल सङ्घ (CAVA) महिला भलिबल च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । घरेलु टोली नेपालले उद्घाटन खेलमै चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्ने भएको छ। प्रतियोगिता जेठ ८ देखि १५ (मे २२–२९) सम्म काठमाडौंस्थित त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सञ्चालन हुनेछ ।

विज्ञापन

च्याम्पियनसिपमा एफआईभीबीको सेन्ट्रल एसियाभित्र रहेका ८ राष्ट्र नेपालसहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र काजकिस्तानको सहभागिता रहनेछ ।

विज्ञापन

नेपाली टोलीमा कप्तान निरुतासहित स्पाइकरमा उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुँवर, मीना सुना, सेटरमा प्रगति नाथ र जसना महतो, लिबेरोमा सलिना श्रेष्ठ, शान्ति तामाङ, ब्लकरमा सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद र अलिशा मानन्धर छन् । टोलीका मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहेका छन् ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार उद्घाटन समारोह अगाडि इरानको सामना बङ्गलादेशले गर्नेछ। उद्घाटन समारोह पछि नेपाल र भारतबीचको खेल दिउँसो ३:३० मा हुने तालिका रहेको छ। यस्तै दिनको तेस्रो खेलमा किर्गिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ।

काभा भलिबल च्याम्पियनसिपको सबै खेल डिगो एपमार्फत हेर्न सकिनेछ । एप स्टोर वा प्ले स्टोरमा Dgo डाउनलोड गरेर हेर्न सकिनेछ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश