काठमाडौं (चन्द्रागिरि) । किसिपिडी स्पोर्टस् एकेडेमी, चन्द्रागिरि नगरपालिका–५ को आयोजनामा “प्रथम चन्द्रागिरि नगरपालिका यू–१८ अन्तर वडा फुटसल प्रतियोगिता–२०८३” आयोजना हुने भएको छ।
विज्ञापन
युवाहरूमा खेलकुदप्रति रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, नेतृत्व तथा खेल प्रतिभाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीका अध्यक्ष रुमित महर्जनले जानकारी दिएका छन् ।
विज्ञापन
प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाभित्रका विभिन्न वडाका यू–१८ उमेर समूहका टोलीहरूको सहभागिता रहनेछ।
एकेडेमीले खेलकुदमार्फत युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने तथा स्थानीय स्तरमा खेल संस्कृतिको विकास गर्ने लक्ष्य लिएको जनाएको
आयोजकका अनुसार कार्यक्रम जेठ ९ गते शनिबार सञ्चालन हुनेछ ।