विज्ञापन

'चित्लाङ–चन्द्रागिरि सडक : बिहान र बेलुका सवारी आवागमनका लागि आग्रह'

काठमाडाैं । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय, काठमाडौंले चित्लाङ–चन्द्रागिरि–थानकोट सडक (गणेशमान सिंह मार्ग) मर्मत तथा स्तरोन्नति कार्यका लागि १४ दिन सडक बन्द गर्ने सूचना जारी गरेपछि थाहा नगरपालिका–९ ले सरोकारवालासँग छलफल डाकेको छ ।

विज्ञापन

वडा कार्यालयले विगतमा पनि सडक बन्द गरेर काम गरिने भनिए तापनि निर्धारित समयमा काम सम्पन्न नभएको तथा सर्वसाधारणले अनावश्यक सास्ती व्यहोर्नुपरेको अवस्थालाई स्मरण गराउँदै यसपटक स्पष्ट कार्ययोजना र प्रभावकारी कार्यान्वयनको आवश्यकता औँल्याएको जनाएको छ ।

विज्ञापन

वडाले सडक बन्द गरिने अवधिमा स्थानीयवासी, यात्रु, व्यवसायी तथा सवारी आवागमनमा पर्ने प्रभावबारे चासो व्यक्त गर्दै सम्बन्धित निकायसँग समन्वय र जवाफदेहिताका लागि छलफल आयोजना गरिएको जनाएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरूले “बाटो बन्द गर्ने तर काम समयमै फत्ते नहुने” विगत दोहोरिन नहुने भन्दै निर्माण कार्यको समयसीमा, वैकल्पिक मार्गको व्यवस्था तथा दैनिक प्रगति विवरणबारे स्पष्टता आवश्यक रहेको बताएका छन् ।

यसअघि सडक डिभिजन कार्यालय, काठमाडौंले चित्लाङ–चन्द्रागिरि–थानकोट सडकखण्डमा सुधार तथा निर्माण कार्य गर्न निश्चित अवधिका लागि सवारी आवागमन प्रभावित हुने सूचना सार्वजनिक गरेको थियो । स्थानीयवासीले भने कामको गुणस्तर र समयमै सम्पन्नतामा जोड दिएका छन् ।

स्थानीयवासीका अनुसार सडक पूर्ण रूपमा बन्द हुँदा दैनिक रूपमा काठमाडौं आवतजावत गर्ने सर्वसाधारण, कर्मचारी, विद्यार्थी तथा व्यवसायीहरू प्रत्यक्ष प्रभावित हुने भएका छन् । विशेषगरी चित्लाङ बाट काठमाडौं ल्याइने तरकारी ढुवानीमा समस्या हुने र आकस्मिक बिरामी पर्दा अस्पतालसम्म पुग्न कठिनाइ हुने भन्दै जनगुनासो बढिरहेको छ ।

स्थानीयहरूले सडक बन्दका कारण सर्वसाधारणलाई ठूलो मर्का पर्ने भएकाले पूर्ण रूपमा बाटो बन्द गर्नुको सट्टा बिहान र बेलुका सवारी आवागमनका लागि सडक खुला राखी दिउँसो १० बजेदेखि साँझ ५ बजेसम्म मात्र निर्माण कार्य सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

“बिहान–बेलुका आवतजावत सहज हुने गरी समय मिलाएर काम गरियो भने स्थानीय, बिरामी, विद्यार्थी र तरकारी ढुवानी गर्ने किसानलाई राहत मिल्छ,” स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश