विज्ञापन

'स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित'

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी आकस्मिकबाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ ।

विज्ञापन

बोर्डको २०८३ जेठ ११ गते बसेको बैठकले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य सेवा अर्को निर्णय नभएसम्म स्थगन गर्ने निर्णय गरेको हो ।

विज्ञापन

बोर्डले जारी गरेको सूचनाअनुसार उक्त निर्णय २०८३ साल जेठ १६ गतेदेखि लागू हुनेछ । यससँगै बीमा कार्यक्रममा आबद्ध निजी अस्पताल तथा स्वास्थ्य संस्थाबाट बीमामार्फत प्रदान हुँदै आएका नियमित उपचार तथा अन्य सेवामा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

स्वास्थ्य बीमा बोर्डले हाल देखिएको वित्तीय संकटलाई व्यवस्थापन गर्न यस्तो निर्णय लिनुपरेको जनाएको छ । बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी सूचनामा सम्बन्धित सबै स्वास्थ्य संस्थालाई निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।

यस निर्णयपछि स्वास्थ्य बीमाका सेवाग्राहीले निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा उपयोग गर्न कठिनाइ हुने सम्भावना बढेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश