विज्ञापन

'नेपाल संस्कृत विश्वविद्यालयका तीन उच्च पदमा आवेदन खुला'

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

विज्ञापन

मन्त्रालयद्वारा गठित छनोट तथा सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य, अनुभवी तथा इच्छुक व्यक्तिबाट दरखास्त माग गरेको हो ।

विज्ञापन

समितिले २०८३ जेठ ११ गते स्वीकृत “नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि–२०८३” अनुसार आवेदन प्रक्रिया सुरु गरिएको जनाएको छ ।

सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदनसँग सम्बन्धित आवश्यक योग्यता, प्रक्रिया तथा अन्य विवरण पनि मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयका प्रमुख शैक्षिक तथा प्रशासनिक नेतृत्वसँग सम्बन्धित यी पद लामो समयदेखि रिक्त रहेका बेला मन्त्रालयले नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाएको हो । यस निर्णयलाई विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश