विज्ञापन

'सरकारी विज्ञापन नीतिविरुद्ध महासंघको विरोध, जेठ १४ मा ‘कालो’ प्रकाशन गर्न आह्वान'

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने निर्णयको विरोध गर्दै देशभरका सञ्चारमाध्यमलाई जेठ १४ गते ‘कालो’ प्रकाशन गर्न आह्वान गरेको छ ।

विज्ञापन

महासंघद्वारा जारी विज्ञप्तिमा उक्त निर्णयलाई प्रेस स्वतन्त्रता विरोधी, स्वेच्छाचारी र विभेदकारी भन्दै निजी तथा सामुदायिक सञ्चारमाध्यमको दिगोपन र श्रमजीवी पत्रकारको पेसागत सुरक्षामाथि गम्भीर असर पर्ने उल्लेख गरिएको छ ।

विज्ञापन

महासंघले सरकारद्वारा पत्रकारमाथि निगरानी, त्रास सिर्जना र समाचार संकलनमा अवरोध गरेको आरोपसमेत लगाएको छ ।

त्यस्तै, महासंघले विवादित निर्णय खारेजीको माग गर्दै चरणबद्ध आन्दोलन जारी राखेको जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश