विज्ञापन

'मानव अधिकार आयोगको प्रतिवेदन : नक्कली फेसबुक पेजमार्फत विद्यार्थीलाई प्रदर्शनमा उतार्ने प्रयास'

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा नेपाल प्रहरीको नक्कली (फेक) फेसबुक पेज बनाएर विद्यार्थीलाई प्रदर्शनमा सहभागी गराउन खोजिएको तथ्य सार्वजनिक गरेको छ। उक्त फेक पेजमार्फत “विद्यालय पोशाकमा आएमा नेपाल प्रहरीले बल प्रयोग गर्न नसक्ने” भन्दै विद्यार्थीलाई विद्यालय पोशाकमै प्रदर्शनमा आउन आह्वान गरिएको देखिएको हो।

विज्ञापन

सुरक्षाकर्मीहरूको बयान व्यहोराअनुसार सो नक्कली फेसबुक पेजले प्रदर्शनकारीहरूमा भ्रमपूर्ण सामग्री सामाजिक सञ्जालमार्फत प्रसारण गरी योजनाबद्ध रूपमा विद्यार्थीलाई प्रदर्शनमा सहभागी गराएर मानव ढालको रूपमा प्रयोग गर्न खोजेको देखिएको उल्लेख गरिएको छ। घटनापश्चात् प्रदर्शनअघि प्रयोग गरिएका सामाजिक सञ्जालका खाताहरू निष्क्रिय बनाइएको समेत पाइएको जनाइएको छ।

विज्ञापन

प्रदर्शन हुनुअघि नै सामाजिक सञ्जालमा यस्ता गतिविधि र सन्देशहरू सार्वजनिक भइसकेको अवस्थामा पनि सुरक्षा निकायले वस्तुगत मूल्यांकन गरी पर्याप्त सुरक्षा सक्रियता बढाउन नसकेको प्रश्न उठेको छ। यस्ता सामाजिक सञ्जाल खाता निष्क्रिय पार्न सुरक्षा निकायले प्रयास गरेको वा भ्रम फैलाउने सामग्री रोक्न प्रभावकारी कदम चालेको स्पष्ट प्रमाण नदेखिएको उल्लेख गरिएको छ।

प्रतिवेदनका अनुसार प्रदर्शन हिंसात्मक हुन सक्ने पर्याप्त संकेत (क्लु) प्राप्त भइसकेको अवस्थामा पनि सरकार तथा सुरक्षा निकायको पूर्वतयारी कमजोर देखिएको निष्कर्ष निकालिएको छ। यस घटनाले सामाजिक सञ्जालको दुरुपयोग, विद्यार्थीको प्रयोग तथा सुरक्षा संयन्त्रको तयारीमाथि गम्भीर प्रश्न खडा गरेको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश