विज्ञापन
No data was found

'यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो'

काठमाडौं।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि क्रान्तिकारी युवा संगठनले कालोमोसो दलेका छन् ।

विज्ञापन

क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको बताइएको छ ।

विज्ञापन

‘कार्यकक्षमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको समूह पुगेर कालोमोसो दलेको रिपोर्टिङ छ’, जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले भने ।

पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌