विज्ञापन
No data was found

'करिब २ करोड नक्कली नोटसहित भारतीय गाडी र चालक प्रहरी नियन्त्रणमा'

विज्ञापन

काठमाडौं ।

विज्ञापन

एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित प्रहरीले भारतीय नम्बर प्लेटको स्कारपियो गाडी नियन्त्रणमा लिएको छ । 

सुनसरीबाट प्रहरीले एक हजार दरका १ करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो । सुनसरीका प्रहरी निरीक्षक (एसपी) विपीन रेग्मीका अनुसार आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका– ४ स्थित सुनसरी खोलाको पुल नजिकबाट नक्कली नोट बरामद भएको हो । 

नक्कली नोटसँगै एक जना भारतीय नागरिकलाई पनि पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए । सवारी साधान चेकजाँचको क्रममा खटिएको ट्राफिक प्रहरी टोलीले  बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । 

शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको हो ।

पक्राउ पर्नेमा गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद रहेको र घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌