विज्ञापन
No data was found

'चैत्र २४ गते बागमती प्रदेश स्तरीय धिमेबाजा प्रतियोगिता हुने'

विज्ञापन

काठमाडौं । बागमती प्रदेश स्तरीय धिमेबाजा प्रतियोगिता ११४४ आयोजना हुने भएको छ ।
शनिवार भक्तपुरको च्वङागणेशस्थित नेवा नःनिमा पत्रकार सम्मेलन गरी नेपालको बहुचर्चित धिमे बाजाको संरक्षण तथा प्रवद्र्धन गरी नयाँ युवापुस्तालाई आकर्षण गर्न हेतु “बागमती प्रदेश स्तरीय धिमेबाजा प्रतियोगिता ११४४” को आयोजना गर्न लागिएको जनाएको छ ।
केन्द्रीय मानन्धर संघको आयोजना र भक्तपुर जिल्ला मानन्धर युवासंघको संयोजना चैत्र २४ गते धिमे बाजा प्रतियोगिता सञ्चालन गराउन लागिएको मानन्धर संघले जनाएको छ ।
प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले आर्थिक लागत साझेदारी गर्ने र प्रतियोगिता भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा हुने बताइएको छ ।
प्रतियोगितामा बागमती प्रदेश भित्रका खलः, पुचः र संस्थाबाट ५० वटा धिमेबाजा समूहको सहभागी गराउने योजना रहेको कार्यक्रमका संयोजक तथा भक्तपुर जिल्ला मानन्धर युवासंघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिए ।
प्रतियागितामा प्रथम हुनेलाई २ वटा धिमे, २ जोर भूस्यासहित नगद रु २५ हजार, दोस्रो हुनेलाई १ वटा धिमे, १ जोर भूस्यासहित नगद रु १५ हजार, तेस्रो हुनेलाई १ वटा धिमेसहित नगद रु १० हजारबाट प्रदान गरिने छ भने दशौं स्थान प्राप्त गर्ने प्रत्येक समूहलाई १ जोर भूस्या प्रदान गर्ने गरी व्यवस्था मिलाइएको आयोजकले जानकारी दएको छ ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट भेषभुषा र बाजाको बोलमा गरिएको हाउभाउको मुल्यांकन गरि उत्कृष्ट पुरस्कारको ब्यवस्था गर्नुका साथै प्रतियोगितामा सहभागी सबै टिमलाई प्रशंसा पत्र प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागी हुने समयसीमा चैत्र १६ गते शुक्रवार सम्म तोकिएको छ । प्रतियोगितामा सहभागी हुन काठमाडौंका लागि केन्द्रिय मानन्धर संघ क्षेत्रपाटी, भक्तपुरको लागि मानन्धर व्यायाम मन्दिर साकोलान, थिमिको लागि टि.भि. प्वाईट शंखधर चोक र बनेपाको लागि वांख्यो दाफा भजन खलः बनेपामा सम्पर्क राखी सहभागी हुन चाहनेले सम्पर्क गर्न सक्नेछन् ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत