विज्ञापन
No data was found

'मंगलदीप सहकारीको स्थापना दिवसमा शिखरकोटमा बृहत रक्तदान कार्यक्रम हुने'

विज्ञापन

थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा सेवा केन्द्र रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औ स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । सहकारीले १० चैतमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको पालुङ सेवा केन्द्र प्रमुख गणेश विष्टले जानकारी दिए । रक्तदान कार्यक्रममा स्थानीय संघसंस्थाहरुको सहयोगमा कार्यक्रम कार्यक्रम हुन लागेको हो ।
पालुङ जेसिज सह-आयोजक रहेको कार्यक्रमको सहयाेगी संस्थाहरु, नेपाल रेडक्रस सोसाइटी उपशाखा दामन, लायन्स क्लव अफ थाहा पिस, लियो क्लव अफ थाहानगर, फरक सोच, नेपाल फाईफ इन्स्योरेन्स कम्पनि उपसाखा पालुङ, शिखर क्लव र शिखरकोट बजार व्यवस्थापन समिति रहेका छन् ।

विज्ञापन


ललितपुरमा मुख्य कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्थाले बिगतका वर्षहरुमा पनि समुदायमा आधारित बिबिध स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु गर्दै आएको छ । छोटो समयमा नागरिकको विश्वास जित्न सफल यस सहकारीको थाहा नगरसहित २ वटा सेवा केन्द्र सञ्चालनमा रहेको छ । मकवानपुरको थाहा नगरपालिकाकोे शिखरकोटबाट यस क्षेत्रका सदस्यहरुलाई उत्कृष्ट सेवा दिदै छोटो समयमै बेग्लै पहिचान स्थापित गर्न सफल भएको सहकारी संस्था हो ।
सहकारीको सिद्धान्त अनुसार समुदायमा आधारित संस्था भएकाले मानव सेवा भावलाई आधार मान्दै संस्थाले विभिन्न सचेतना तथा सेवामुलक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌