विज्ञापन
No data was found

'ब्याडमिन्टन प्रतियोगितामा महर्जन र खड्काको जोडी बिजयी'

विज्ञापन

काठमाडौं । चन्द्रागिरिमा जनप्रतिनिधि तथा कर्मचारीहरुबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना सम्पन्न भएको छ ।
चन्द्रागिरि ७ स्थित महांकाल ब्याडमिन्टन कभर्ड हलमा आयोजित प्रतियोगितामा नगर प्रमुख धनश्याम गिरीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा नगरपालिकाका उपमेयर बसन्ती श्रेष्ठ, प्रशासन अधिकृत, शिक्षा शाखा प्रमुख, योजना शाखा प्रमुख लगायत १५ वटाकै जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

विज्ञापन


प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाभित्रको १५ वटा वडाका जनप्रतिनिधि र कर्मचारीहरुले भाग लिएका थिए ।
आज बिहान ८ बजे नगरप्रमुख गिरिले उद्घाटन गरेपछि सुरु भएको खेलमा प्रथम, द्वितिय तथा तृतीय हुने खेलाडीहरुलाई प्रमाण पत्र, मेडल तथा नगद पुरस्कार वितरण गरिएको थियो ।


प्रतियोगितामा हेमन्त महर्जन र कविराज खड्काको जोडीले बृद्धिप्रसाद भट्ट र राजन श्रेष्ठको जोडीलाई पराजित गरेर बिजयी भएका थिए भने लक्ष्मण थापा र रविन पोरखेल तथा राजेन्द्र राई र सञ्जय तन्डुकार तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए ।
प्रथम हुने टोलीले नगर पुरस्कार १० हजार, प्रमाण पत्र र मेडल प्राप्त गरेका थिए भने दोस्रो हुने टोलीले ६ हजार नगर, प्रमाण पत्र र मेडल प्राप्त गरेका थिए । त्यस्तै तेस्रो हुने टोलीले ३ हजार नगद, प्रमाण पत्र र मेडल प्राप्त गरेका थिए ।


२० टिम सहभागी रहेको व्याडमिन्टन प्रतियोगिताको चन्द्रागिरि नगरपालिकाको खेलकुद तथा शिक्षा शाखाले आयोजना गरेको थियो ।
प्रथम, द्धितीय तथा तृतीय हुने टोलीलाई चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले पुरस्कार वितरण गरेका थिए ।
यस्ता खाले प्रतियोगिताले जनप्रतिनिधि र कर्मचारीबीच सुमधुर सम्बन्ध रहनुको साथै स्वास्थ्य स्वस्थ, तन्दुरुस्त हुनाले काममा स्फूर्ति आउने हुनाले यस्ता कार्यक्रमहरु बेला बेलामा गर्नुपर्ने नगर प्रमुख गिरिले बताए ।
स्वास्थ्य नै धन हो भन्ने नारालाई मनन गर्दै जनप्रतिनिधि तथा कर्मचारीहरुलाई खेलको माध्यमबाट समय सापेक्ष रुपमा उर्जाशील बनाई नगर एवं वडाबाट हुने कामलाई चुस्त दुरुत तथा थप प्रभावकारी बनाउन यो प्रतियोगिताले सहयोग गर्ने नगर उपप्रमुख बसन्ती श्रेष्ठले बताइन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत