विज्ञापन
No data was found

'जापानमा चन्द्रागिरिका घिमिरेले राखे नयाँ कीर्तिमान'

काठमाडौं । जापानमा चन्द्रागिरिका अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ)को उपाधि जितेका छन् ।
‘हिट प्रोफेसनल किक बक्सिङ’को १४ वटा अन्तराष्ट्रिय प्रतियोगितामा आफ्नो वर्चश्व कायम गर्न सफल हुने घिमिरको यो चौथो जित हो ।
‘हिट प्रोफेसनल किक बक्सिङ’को १४ वटा अन्तराष्ट्रिय प्रतियोगितामा अपराजित हुने उनी विश्वको पहिलो खेलाडी हुन सफल भएका छन् ।
उनी चौथो पटकसम्म लगातार आफ्नो बेल्ट रक्षा गर्ने पहिलो अन्तराष्ट्रिय खेलाडी बन्न सफल भएका छन् ।
जापानीज प्रतिष्पर्धि हिरायामा जिनलाई नकआवट गर्दै उनले आफ्नो उपाधि जितेका हुन ।
जापानको नागोया शहरमा सिमराडोजोद्वारा आज आयोजित प्रतिष्पर्धामा २४ वर्षीय प्राफेसनल किक बक्सर घिमिरेले आफ्ना प्रतिष्पर्धिलाई चौथो राउण्डमा नकआउट गर्दै रिङमा ढालेर नयाँ कीर्तिमान कायम गरेका छन् । ‘हिमालय चितुवा’का रुपमा विश्व प्रसिद्ध कमायका घिमिरेले जापानको विश्व प्रसिद्ध क्लव सिमुरा डोजोबाट खेल्दै आएका छन् ।
प्रतियोगिताको मुख्य आकर्षकको रुपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच) मा युवा बक्सर घिमिरेले तीन मिनेटको पाँच राउण्डको प्रतियोगितामा चौथो राउण्डको एक मिनेट ४० सेकेण्ड अर्थात् दश मिनेट ४० सेकण्डमा आफ्ना कडा प्रतिष्पर्धि बक्सर जिनलाई रिङमा ढालेर ‘प्रोफेसनल किक बक्सिङ हिट ५३ च्याम्पियनसीप’ मा टाइटल बेल्टको उपाधि रक्षा गरेका छन् ।
अहिलेसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलमा अपराजित यात्रा कायम गर्दै जित हाँसिल गर्नेक्रममा हिमचितुवाले चारपटक टाइटल म्याचको उपाधि (बेल्ट) रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड ’समेत कायम राख्न सफल भएका छन् ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌