विज्ञापन
No data was found

'आर्यन सिग्देल अभिनित ‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक'

आर्यन सिग्देल अभिनित पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ ।

विज्ञापन

दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को मंगलबार सार्वजनिक ‘रिमै’ बोलको गीतमा देबेन्द्र बराल र मुना ठटालको स्वर छ। सुवास भुसालको शब्द रहेको गीतका शब्द दिनेश राउतले लेखेका हुन्। 

विज्ञापन

सार्वजनिक गीतको भिडिओमा दृश्यहरूले फिल्मको थिम प्रस्तुत गरेका छन्। पुजारको चरित्र निर्वाह गरेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली तथा मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेम सम्बन्धलाई भिडियोमा देखाइएको छ। अभिनेता पल शाह पनि भिडिओमा देखिएका छन्। 

विकास सुवेदीको लेखन, सुवास भुसालको निर्माण रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ।

निर्देशक राउतले यो फिल्मलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको बताएका छन्।

फिल्म बुद्द जयन्तीको अवसर पारेर जेठ १० गते बिहीबारदेखि प्रदर्शनमा आउँदैछ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌