विज्ञापन
No data was found

'डिजेल र मट्टीतेलको भाउ लिटरमा २-२ रूपैयाँ घट्यो'

काठमाडौं । नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलको भाउ लिटरमा २-२ रूपैयाँ घटाएको छ ।

विज्ञापन

भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर तथा हवाइ इन्धनको भाउ बढेर आएपछि निगमले मूल्य समायोजन गरेको बताइएको छ ।

विज्ञापन

नयाँ मूल्यसूचीअनुसार डिजल र मट्टीतेलको भाउ प्रतिलिटर २ रूपैयाँले घटाइएको छ भने हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति एकहजार लिटर ७ अमेरिकी डलरले बढेको छ ।

अब डिजल र मट्टीतेलको मूल्य काठमाडौंमा प्रतिलिटर १५९ रूपैयाँ पर्नेछ भने हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १३७ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ १.०४२ डलर पर्नेछ ।

भारतबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजलको भाउ लिटरको २ पैसा र २ रूपैयाँ ४५ पैसाले घटेको छ भने हवाई इन्धनमा निगमले इन्डियन आयल कर्पोरेसनलाई प्रतिलिटर १ रूपैयाँ १८ पैसा महँगो तिर्नुपर्नेछ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌