विज्ञापन
No data was found

'सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय'

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सय रुपैयाँको नोटमा नेपालको नयाँ राख्ने निर्णय गरेको छ।

विज्ञापन

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको ५ जेठ ०७७ मा बसेको मन्त्रिपरिषद् बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको क्षेत्रलाई समेटेर तयार गरिएको नेपालको नयाँ नक्सा स्वीकृत गर्ने निर्णय गरेको थियो।

विज्ञापन

यससँगै संविधानसमेत संशोधन गरेर उक्त नक्सालाई नेपालको निसान छापमा समेत राखिएको थियो। तर, सयको नोटमा भने पुरानै नक्सा थियो। मन्त्रिपरिषद्को यो निर्णयसँगै सयको नोटमा रहेको नेपालको पुरानो नक्सा फेरिएर नयाँ नक्सा रहने भएको छ। 

मन्त्रिपरिषद् बैठकले ‘नेपालमा हाल चलनचल्तिमा रहेको रुपैयाँ सय दरको बैंक नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपैयाँ १०० दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने’ निर्णय गरेको हो।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌