विज्ञापन
No data was found

'चन्द्रागिरि नगरपालिका प्रथम गोदावरी मेयर कप फुटबल प्रतियोगिताको सेमीमा'

काठमाडौं । चन्द्रागिरि नगरपालिका प्रथम गोदावरी मेयर कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । 

विज्ञापन

शुक्रबार सम्पन्न प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा नागार्जुन नगरपालिकामाथि ४-० गोलको अन्तरले पराजित गरेको छ । 

विज्ञापन

चन्द्रागिरि नगरपालिकाले सेमिफाइनल खेल ललितपुरको महालक्ष्मी नगरपालिकासँग खेल्ने छ ।

आज भएको पहिलो क्वाटरफाइनल खेलमा महालक्ष्मीले दक्षिणकाली नगरपालिकालाई २-० ले हराएको थियो। सेमीफाइनल खेल बैशाख २५ गते मंगलबार हुनेछ । 

प्रतियोगिता अन्तर्गत भोलि शनिबार दुइ क्वाटरफाइनल खेल हुनेछन् । पहिलो मध्यान्ह १२ः३० बजे मध्यपुर थिमी नगरपालिका र कीर्तिपुर नगरपालिकाबीच तेस्रो क्वाटरफाइनल खेल हुने तालिका रहेको भने दोस्रो खेल गोदावरी नगरपालिका बी टिम र काठमाडौं महानगरबीच दिउँसो ३ः३० बजे हुनेछ ।

ललितपुरको गोदावरी नगरपालिका-१० टाहाखेलमा जारी प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागिता जनाएको आयोजक गोदावरी नगरपालिकाले जनाएको छ ।

बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख र दोस्रोले ३ लाख रुपैयाँ पाउने छन् ।

यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरर्वाड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌