विज्ञापन
No data was found

'गोरखाको चुम उपत्यका'

गोरखा जिल्लाको चुम उपत्यका । अहिंसाको पर्याय बनेको यस क्षेत्रमा कुनै पनि पशुपन्छी मार्न मात्र होइन, मासुका लागि पाल्न समेत पाइँदैन। काटेर खानका लागि पशुपन्छी ओसारपसार गर्दा चुम उपत्यकाको बाटो प्रयोग गर्न पनि रोक लगाइएको छ।

विज्ञापन

गोर्खाजिल्लाको उत्तरी भेगमा अवस्थित गणेश हिमाल(७४०६मिटर) तथा श्रृड्गी हिमाल(७१८६) मिटर)को बीचमा बग्ने स्यार खोलाले बनाएको उपत्यकालाई परम्परागत रुपमा चुम उपत्यकाको रुपमा चिनिन्छ ।

विज्ञापन

यसलाई अहिंसा क्षेत्रको रुपमा पनि चिनिन्छ । चुम उपत्यकामा कहिल्यै पनि काटमार गरिँदैन । यो क्षेत्रमा पशुहत्या निषेध गरिएको छ ।

गोर्खाजिल्लाको ६६ गाविसमध्ये २ गाविस छेकम्पार र चुमचेतको संयुक्त नाम चुम उपत्यकाको रुपमा प्रचलित छ ।

चुमचेतलाई तल्लो चुम र छेकम्पारलाई माथिल्लो चम भनेर पनि चिनिन्छ । यो उपत्यकामा पर्ने अति प्राचीन ऐतिहासिक तथा पवित्र भूमि आजसम्म पनि बौद्ध धर्मको आस्था र उपासना स्थलको रुपमा रहिआएको छ । बौद्ध धर्मग्रन्थमा उल्लेख भएको बेयुल किमोलुड.को एक अभिन्न अड्.गको रुपमा पनि यस क्षेत्रलाई पुजिन्छ । आठौं शताब्दीमा बौद्धधर्म गुरु मिलारेपाले चुममा आई ध्यान गरेको भन्ने विश्वासअनुरुप गुरुपद्मसम्भव(गुरु रिम्पोछे)को पूजा गरिन्छ ।

चुमको अर्थ खा चुम, निग चुम हो । यो भनेको आँखा चिम, मुख चिम, अर्थात् धार्मिक रुपले काम गर्ने, शान्त र इमान्दार भन्ने हो । त्यस्तै चुम भनको धम चुम(शान्त र इमान्दार) धार्मिक व्यक्तिहरुको बसोबास गर्ने ठाउँ भन्ने बुझिन्छ । यसलाई अहिंसा क्षेत्रको रुपमा पनि चिनिन्छ । चुम उपत्यकामा कहिल्यै पनि काटमार गरिँदैन । यो क्षेत्रमा पशुहत्या निषेध गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌