विज्ञापन
No data was found

'यस्ता छन् मेथी खानुका फाइदा'

मेथी औषधीय गुणले पनि भरिपूर्ण मानिन्छ ।

विज्ञापन

आयुर्वेद एवं प्राकृतिक चिकित्सामा मेथीलाई अनेक किसिमले प्रयोग गरिन्छ । नेशनल लाइब्रेरी अफ मेडिसिनको एक रिपोर्ट अनुसार, मेथी एकदमै पुरानो औषधीय वनस्पति हो र सदियौँदेखि यसलाई विभिन्न प्रयोजनका लागि प्रयोग गरिँदै आएको छ ।

विज्ञापन

प्राचीन इजिप्टमा मेथीको प्रयोग शवलाई सुरक्षित राख्न र धूप बाल्नमा हुन्थ्यो । उपयोग गरिन्थ्यो । आधुनिक इजिप्टमा रोटी बनाउनका लागि गहुँ र मकैको पिठोको पूरकको रूपमा मेथी प्रयोग भइरहेको छ ।

जबकि यमनमा मुख्य खाद्य पदार्थमध्ये एक हो यो । प्रसव पीडाको दुखाई कम गर्न र सुत्केरी अवस्थामा दूध बढाउन मेथीको प्रयोग गरिँदै आएको छ ।अहिले मेथीलाई तरकारी–अचारमा, मालिसमा, सौन्दर्यमा, सुगन्धमा, औषधि विज्ञानमा उपयोग गरिन्छ ।

मेथीमा के कस्तो औषधीय गुण हुन्छ रु त्यसले के कस्ता स्वास्थ्य लाभ मिल्छ रु यसबारे थुप्रै खोज अध्ययन भएको छ । न्युट्रेशन एन्ड फुड साइन्सको एक अध्ययनले भन्छ, ‘प्रोटीन, फाइबर, फ्याटी एसिडले युक्त भएकै कारण मेथीमा औषधीय गुण छ ।’

यसका साथै मेथीमा पोटासियम, क्याल्सियम, म्याग्नेसियम, जिङ्क, कपर, आइरन जस्ता खनिज तत्त्व पाइन्छ । बिटा क्यारोटिन र भिटामिन सि मेथीको मुख्य घटक मानिन्छ ।

मेडिकल रिपोर्टका अनुसार मेथीको दानामा एन्टिमाइक्रोबियल, एन्टिइन्फ्लमेटरी, एन्टिभाइरल, एन्टिअक्सिडेन्ट गुणहरू हुन्छन् । यसले शरीरमा एन्जाइमेटिक गतिविधि व्यवस्थित गर्न सघाउँछ । 

यसको सेवनले हुने फाईदाहरु

  • यसले ज्वरो, शरीरको दुखाई कम गर्छ ।
  • बोसो नियन्त्रण गर्छ र स्तनपान एवं यौन हर्मोन बढाउँछ ।
  • यसमा भएको औषधीय गुणले कोलेस्टोरोल, मधुमेह नियन्त्रण गर्नेदेखि कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ ।
  • मेथीको दानालाई विभिन्न तरिकाले खान सकिन्छ । तरकारी, अचारमा त यसको स्वाद थपिन्छ नै त्यसबाहेक अलग तरिकाले पनि मेथी खान सकिन्छ । मेथीलाई रातभर भिजाएर त्यसको पानी पिउनु लाभदायक मानिन्छ ।
  • मेथीको दाना केही दिन भिजाएर अंकुराएपछि सलादको रूपमा पनि खान सकिन्छ । साथै मेथीलाई भुटेर, पिसेर विभिन्न रूपमा सेवन गर्न सकिन्छ ।
  • मेथीमा भएको घुलनशील फाइबरले पाचनप्रक्रिया बलियो बनाउँछ । मेथीले पाचन रस बढाएर अपच, कब्जियत जस्ता समस्याबाट छुटकारा दिलाउँछ । ग्यास्ट्रिक, अल्सरमा पनि यसको प्रयोग लाभदायक हुन्छ ।
  • मेथीमा एमिनो एसिड र बिटा क्यारोटिन पाइन्छ, जसले रगतमा भएको खराब बोसोलाई कम गर्छ । रगतलाई पातलो बनाउँछ र रक्त सञ्चार प्रणालीलाई सहज बनाउँछ ।
  • मेथीको दाना तेलमा फुराएर मसाज गर्दा मांसपेशी दुख्ने, सुन्निने समस्या निको हुन्छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत