विज्ञापन
No data was found

'एमाले, रास्वपालगायत विभिन्न पार्टी परित्याग गर्दै दर्जन बढी नेता -कार्यकर्ता नेकपामा प्रवेश'

श्रावण ५ / बुटवल

विज्ञापन

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतबाट दर्जनौ नेता -कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।शनिबार रुपन्देहीको भैरहवामा भएको एक कार्यक्रममा पुराना वामपन्थी नेता तथा नेकपा एमाले रुपन्देही जिल्ला सदस्य शंकर ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गोपाल बन्जाडेको नेतृत्वमा पुर्व माओवादी नेता विजय उपाध्याय, प्रदिप गुरुङ, राम केवल लोध, रत्न बहादुर कुँवर, कुल बहादुर कुँवर लगायतका एक दर्जन नेता -कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

विज्ञापन

पार्टी प्रवेश कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य बसन्त सीले पछिल्लो समय नेपालको राजनीतिक घटनाक्रमले पैदा भएको निराशाजनक अवस्थामा सबै राजनीतिक पार्टीभित्र रहेका इमानदार र क्रान्तिकारी नेताकार्यकर्ताहरु एक ठाउँमा ध्रुवीकृत भई राजनीतिक विकृति विसंगतिका विरुद्ध संघर्ष गर्न आवश्यक रहेको बताए । उनले सम्पुर्ण वामपन्थी, प्रगतिशील देशभक्त, समाजवादी शक्ति र सच्चा लोकतान्त्रवादीहरु एक हुनुपर्ने अवस्था आएको बताउँदै एकीकृत जनक्रान्तिमा लामबद्ध हुन अपिल गरे।

कार्यक्रममा नेकपा पोलिट ब्यूरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बसन्त सी, पार्टीका पोलिट ब्युरो सदस्य तथा मधेसी मुक्ति मोर्चा नेपालका संयोजक विनोद सी, पार्टीका केन्द्रीय सदस्य शरद सी, जिल्ला सेक्रेटरी बिरेन्द्र सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य नवीन सी लगायतले टीका र खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌