विज्ञापन
No data was found

'ताइवानलाई घेरा हाल्दै चीनको युद्ध अभ्यास'

विज्ञापन

ताइवानमा नयाँ राष्ट्रपति विलियम लाईले आफ्नो कार्यकाल सुरु गरेको तीन दिनपछि आसपास इलाकामा चीनले मिलिटरी ड्रिल्स (सैन्य रिहर्सल) थालेको छ । चाइनिज पिपुल्स लिबरेसन आर्मीका प्रवक्ता ली सीले उक्त मिलिटरी ड्रिल्सलाई पृथकतावादी कार्यका निम्ति बलियो सजाय भएको टिप्पणी गरेका छन् ।

विज्ञापन

ताइवानका नयाँ राष्ट्रपतिले गएको सोमबार कार्यभार सम्हाल्ने क्रममा चीनलाई सेनामार्फत र राजनीतिक रूपमा ताइवानलाई नधम्क्याउन चेतावनी दिएका थिए । त्यसको जवाफमा चीनका विदेशमन्त्री वाङ यीले ‘लज्जास्पद’ भनी टिप्पणी गरेका थिए ।

सैन्य ड्रिल्स आज (बिहीबार) बिहान सुरु भएको जनाइएको छ । उक्त कार्यक्रम ताइपेईको नियन्त्रणमा रहेका किनमेन, मात्सु, विकियु र दोन्गजीन क्षेत्रमा समेत गरिएको जनाइएको छ ।

चीनको उक्त कार्यलाई ताइवानको रक्षा मन्त्रालयले तर्कहीन उत्तेजना भनेको छ । ताइपेईले सार्वभौमसत्ताको प्रतिरक्षाका निम्ति नौसेना, हवाई सेना र ग्राउन्ड फोर्सेज पनि त्यसतर्फ पठाएको जनाएको छ ।

चीनले ताइवानलाई आफ्नो भूभाग भन्दै आएको छ । ताइवानले भने आफूलाई भिन्न रहेको जनाइरहेको छ । -बीबीसी

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌